डोजर र टिप्पर छुटाउन महानगर पुगे ‘खतिवडा’

पाेखरा | जेठ २४, २०८०

डोजर र टिप्पर छुटाउन महानगर पुगे ‘खतिवडा’ Photo: Sandesh Baral

पोखरा:   फेवातालको सिमसार क्षेत्र पुरेको आरोपमा पोखरा महानगरपालिकाले नियन्त्रणमा लिएको डोजर र टिप्पर छुटाउन व्यवसायी युवराज खतिवडा महानगर पुगेका छन् । 

 

फेवातालका सिमसार क्षेत्र पुरेको भन्दै व्यवसायी खतिवडाको टिप्पर र डोजर केही दिन अगाडि महानगरको नगरप्रहरीले नियन्त्रणमा लिएको थियो । 

 

सोही डोजर र टिप्पर छुटाउनका लागि खतिवडाले आज (बुधबार) महानगरपालिकामा निवेदन पेश गरेको महानगरका कानूनी सल्लाहकार नारायण शर्माले जानकारी दिए । 

‘व्यवसायी खतिवडाले नियम र कानूनमा रहेर नै काम गरेको भए पनि महानगरले व्यवसायीलाई दुःख दिने उद्धेश्यले डोजर र टिप्पर छुटाई पाउ भनेर निवेदन पेश गर्नुभएको छ’, शर्माले भने, ‘हामीले निवदेन हेर्दै छौं, नियम र कानूनतः छ छैन हेरेर रिर्पोट पेश गर्छाै ।’

 

 

उनका अनुसार व्यवसायी खतिवडाको एक डोजर र एक टिप्पर वडा प्रहरी कार्यालय बैदामको समन्वयमा नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त सवारी साधनका चालकलाई भने बैदाम प्रहरीले एक रात हिरासतमा राखेर छाडेको थियो । 

 

खतिवडाको स्थानीयसँग मिलेर करिब ५ सय रोपनी जग्गालाई माटो थपेर खेतीयोग्ज जमिन बनाउने योजना रहेको थियो । तर कुटी रिसोर्टका सञ्चालक तथा निर्माण व्यवसायी देवेन्द्र केसीले भने सोही क्षेत्रमै प्लटिङ गरिसकेका छन् । 

तस्बिर: गीता रानामगर

 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्